ad ad

बागमती


मकवानपुरमा स्कुटर चढेर ८ किलो सुन ओसार्ने दुई भारतीय पक्राउ

मकवानपुरमा स्कुटर चढेर ८ किलो सुन ओसार्ने दुई भारतीय पक्राउ

नेपालखबर
असोज १९, २०८१ शनिबार ११:२९, हेटौँडा

मकवानपुर प्रहरीले ८ किलोभन्दा बढी सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार (आज) बिहान ३ बजेतिर हेटौँडा–१५, रातोमाटे चेकपोस्टमा ८ किलोभन्दा बढी सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा भारतको महाराष्ट्र राज्य, सांगली जिल्ला, पुजारवाडीका २५ वर्षका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाल बाडलाई पक्राउ गरिएको हो। स्कुटर अभिषेकले चलाइरहेका थिए।  

उनीहरूको शरीर तथा स्कुटरमा तलासी गर्दा शरीरका विभिन्न भागमा लुकाएर बिलसमेत नभएको बिस्कुटको आकारका ८ थान सुन फेला परेको प्रहरीले जनाएको छ। उक्त सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अर्थात् आजको बजार भाउअनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन पारेको प्रहरीले जनाएको छ।

सुन भन्सार छलेर अवैध तरिकाले भित्र्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .