ad ad

ग्लोबल


यागी चक्रवातले म्यानमारमा भीषण बाढी, २ लाखभन्दा बढी मानिस घर छाड्न बाध्य

अहिलेसम्म ३३ जनाको मृत्यु : म्यानमारी सेना
यागी चक्रवातले म्यानमारमा भीषण बाढी, २ लाखभन्दा बढी मानिस घर छाड्न बाध्य

म्यानमारमा भीषण बाढीले विस्थापित मानिस


नेपालखबर
भदौ २९, २०८१ शनिबार १२:३३, काठमाडौँ

यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ। अधिकारीहरूका अनुसार बाढीका कारण झन्डै दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ। 

सरकारी सञ्चारमाध्यमका अनुसार देशको सत्तारुढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता मागेको छ।

राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्र मध्ये एक हो।

म्यानमारको सेनाका अनुसार बाढीका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ।

सरकारी दैनिक ‘न्यु लाइट अफ म्यानमार’ले घरबारविहीन भएका बाढीपीडितहरूका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको जनाएको छ।

यस वर्ष एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार जन्टाका प्रमुख जनरल मिन आङ ह्लिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। उनले उद्धार र राहत कार्यको पनि निरीक्षण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .