ad ad

ग्लोबल


केजरीवाललाई धरौटीमा छाड्न आदेश भएपछि आपले भन्यो- सत्यको जित

केजरीवाललाई धरौटीमा छाड्न आदेश भएपछि आपले भन्यो- सत्यको जित

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १२:३६, काठमाडौँ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी नेतृत्वको आम आदमी पार्टी (आप) ले यसलाई सत्यको जित भनेको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न दिने आदेश दिएको छ। तर, अदालतले सीबीआईले गरेको गिरफ्तारीलाई भने उचित ठहर गरेको छ।

आपका नेता आतिशीले 'सत्यमेव जयते' भनेका छन् भने पार्टीका राज्यसभा सांसद राघव चड्डाले एक्समा लेखेका छन्- सत्य समस्यामा पर्न सक्छ तर पराजित हुँदैन। अन्ततः सम्मानित सर्वोच्च अदालतले दिल्लीका छोरा अरविन्द केजरीवाललाई जेलको बन्धनबाट मुक्त गर्ने फैसला सुनाएको छ।

दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको प्रतिक्रिया छ- सत्यको शक्तिले तानाशाहको जेलका ताला तोडियो।

केजरीवाललाई यसै वर्ष मार्च २१ मा ईडीले अन्तःशुल्क नीति सम्बन्धमा पक्राउ गरेको थियो, जसमा सर्वोच्च अदालतले उनलाई जुलाईमा जमानत दिएको थियो।

तर हिरासतमा रहेकै बेला उनलाई सीबीआईले जुन २६ मा फेरि गिरफ्तार गरेको थियो।

२०२१-२२ का लागि दिल्ली सरकारको अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप लागेको छ। तर, यो नीति अहिले खारेज भइसकेको छ।

यस काण्डमा मनीष सिसोदिया, पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, राज्यसभा सांसद संजय सिंहलाई पनि पक्राउ गरिएको थियो।

गत महिना अगस्ट ९ मा आम आदमी पार्टीका दोस्रो नेता सिसोदिया धरौटीमा रिहा भएका थिए।

सिसोदियाबाहेक यस मामिलामा आरोपित सञ्जय सिंह र के कवितालाई जमानत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .