ad ad

ग्लोबल


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

फाइल तस्बिर : बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया


नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:४०, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना भएकी छन्। 

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनका अनुसार जिया बिरामी भएकाले मेडिकल बोर्डको सल्लाहमा उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको हो। 

राति केही चेकजाँचपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीय पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मृगौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित छन्। 

हालै बंगलादेशमा चलिरहेको सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै भारत भागेपछि गठित अन्तरिम सरकारले खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो।

जेलबाट छुटेपछि उनी स्वास्थ्यलाभका लागि अस्पताल भर्ना भएर धेरै दिनपछि डिस्चार्ज भएकी थिइन्।

खालिदा जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ। उनी सन् २०१८ देखि भ्रष्टाचार अभियोगमा जेलमा थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .