ad ad

ग्लोबल


नौ इजरायली सैनिक सवार हेलिकप्टर गाजामा दुर्घटना

नौ इजरायली सैनिक सवार हेलिकप्टर गाजामा दुर्घटना

घटनास्थल


नेपालखबर
भदौ २६, २०८१ बुधबार २१:४८, जेरुसेलम

दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। अन्य सात सैनिक घाइते भएको र तिनीहरूलाई चिकित्सा हेरचाहका लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।

‘प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ’, विज्ञप्तिमा भनिएको छ।

घटनाको कारणबारे वायुसेना कमान्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .