ad ad

ग्लोबल


बाइडेनका छोराले कर मुद्दामा स्वीकार गरे आफूलाई दोषी

बाइडेनका छोराले कर मुद्दामा स्वीकार गरे आफूलाई दोषी

हन्टर बाइडेन


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ९:४२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको ९ अभियोगमा आफूलाई दोषी स्वीकार गरेका छन्।

यसअघि हन्टर बाइडेनले सन् २०१६ र २०१९ को बीचमा जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप अस्वीकार गरेका थिए।

बीबीसीका अनुसार ५४ वर्षीय हन्टर बाइडेन आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहन्थे, तर अभियोजकहरूको आपत्तिपछि उनी ‘दोष स्वीकार गर्न राजी’ भएका हुन्।

तीन महिनाअघि उनी बन्दुक राख्ने र लागुऔषध प्रयोगका छुट्टाछुट्टै मुद्दामा उनी दोषी ठहर भएका थिए।

बिहीबार उनीविरुद्धको कर छलीको मुद्दा सुरु हुन लागेको थियो र जुरी चयन गर्न लागिएको थियो तर अन्तिम समयमा हन्टर बाइडेनले आफ्नो निर्णय परिवर्तन गरेका हुन्। 

न्यायाधीश मार्क स्कार्सीले हन्टर बाइडेनले दोष स्वीकार गरेको खण्डमा उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्म जरिवाना हुने बताएका छन्। 

उनको सजायबारे निर्णय राष्ट्रपतिको चुनाव सकिएको एक महिनापछि डिसेम्बर १६ मा लिइनेछ, जतिबेला उनका पिता जो बाइडेनको कार्यकाल समाप्त हुनेछ। 

त्यसो त राष्ट्रपति बाइडेनले यसअघि नै आफ्ना छोरालाई माफी दिलाउन आफ्नो शक्ति प्रयोग नगर्ने बताइसकेका छन्।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .