ad ad

ग्लोबल


फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा

फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २१:३५, काठमाडौँ

फ्रान्समा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बलात्कार गरेको तथा परपुरुषलाई बलात्कार गर्न लगाएको अभियोगमा अदालतमा मुद्दा चलेको छ।

७१ वर्षीय डोमिनिक पिलाई एक दशकसम्म आफ्नी श्रीमतीलाई बलात्कार गर्न अनलाइन माध्यमबाट अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएको आरोप लागेको हो।

पीडित महिलाका वकिलहरूले उनलाई यति धेरै नशालु पदार्थ खुवाइन्थ्यो कि उनले आफूलाई पटक-पटक भएको यौन उत्पीडनसमेत थाहा नपाएको दाबी गरेका छन्।

प्रहरीका अनुसार ती महिलालाई ७२ पुरुषबाट ९२ पटक बलात्कार भएको पाइएको छ। जसमध्ये ५१ अभियुक्तको पहिचान भई मुद्दा दायर गरिएको छ। पीडितका श्रीमानसहित उनीहरूलाई पनि कारबाही गरिने प्रहरीले जनाएको छ।

पीडित महिलाले आफूलाई बलात्कार गरिएको कुरा पहिलोपटक सन् २०२० मा थाहा पाएकी थिइन्। यो जानकारी पनि उनलाई प्रहरीले दिएको थियो।

वास्तवमा, सेप्टेम्बर २०२० मा आरोपितलाई एक सपिङ सेन्टरमा तीन महिलाको आपत्तिजनक भिडिओ बनाउँदै गर्दा सुरक्षा गार्डले समातेको थियो।

त्यसपछि प्रहरीले उनको कम्प्युटर जाँच गर्‍यो। जसमा ती व्यक्तिकी श्रीमती बलात्कारका पनि धेरै भिडिओ र तस्बिर भेटिए।  जसमा ती महिला अचेत अवस्थामा देखिएकी थिइन्।

यो अपराध घरमै हुने गरेको थियो। जुन सन् २०२० मा सुरु भएको थियो। अभियुक्तले घरमा बोलाउने पुरुषको उमेर २६ देखि ७४ वर्षको बीचमा थियो।

वेबसाइटमा भएका च्याटको अनुसन्धानबाट डोमिनिक पीले अपरिचित पुरुषहरूलाई आफ्नो घरमै बोलाएर आफ्नी पत्नीलाई बलात्कार गर्न लगाएको पाइएको प्रहरीको दाबी छ। 

तर अहिलेसम्म यसमा पैसाको लेनदेनको प्रमाण भने फेला नपरेको बीबीसीको समाचारमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .