ad ad

ग्लोबल


यात्रु लिएर उडिरहेको जहाज जब खतरनाक ढंगले हल्लिन थाल्यो (भिडिओ)

यात्रु लिएर उडिरहेको जहाज जब खतरनाक ढंगले हल्लिन थाल्यो (भिडिओ)

नेपालखबर
भदौ १५, २०८१ शनिबार २२:४७, काठमाडौँ

विमान यात्रा प्रायः सुरक्षित मानिन्छ, तर खराब मौसममा यो यात्रा कहिलेकाहीँ खतरनाक हुन्छ। यस्तै एउटा भिडिओ अहिले भाइरल भइरहेको छ, जसमा जहाज आकाशमा हल्लिरहेको देख्न सकिन्छ।

आखिर यो भिडिओ कहाँको होला? 

वास्तवमा यो भिडिओ जापानको फुकुओका एयरपोर्टको हो। जहाँ अवतरणका क्रममा तीव्र हावाका कारण जहाज हल्लिएको हो। जापानमा अहिले शानशान भन्ने शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ। 

भिडिओलाई अहिलेसम्म १.२ लाखभन्दा बढी पटक हेरिएको छ र यो तीव्र  रूपमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा यो भिडिओ हेरेपछि मानिसहरू आत्तिएका छन्।

डेलीमेलले यो भिडिओ इन्स्टाग्राममा सेयर गरेको छ। उसले लेखेको छ- यो भिडिओ क्युसु टापुबाट आएको जेजु एयरको फ्लाइट १४०८ को हो। जहाँ फुकुओका विमानस्थलमा अवतरणका क्रममा तीव्र हावाका कारण विमान हल्लिएको देखियो।

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .