ad ad

ग्लोबल


भिसा नभएका नेपालीलाई ब्राजिलले प्रवेश नदिने, अवैध बाटो अमेरिका जान खोज्नेलाई धक्का

भिसा नभएका नेपालीलाई ब्राजिलले प्रवेश नदिने, अवैध बाटो अमेरिका जान खोज्नेलाई धक्का

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १८:११, काठमाडौँ

ब्राजिल हुँदै तेस्रो मुलुक प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई ब्राजिलले कडाइ गरेको छ।

ब्राजिलस्थित नेपाली दूतावासले ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने यात्रीका लागि नयाँ नियम बनेको भन्दै नेपालीलाई सचेत गराएको छ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ।

‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ’ दूतावासले भनेको छ, ‘संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ। कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ।’

मानव तस्करहरूको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि दूतावासले आग्रह गरेको छ।

यसैबीच, ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपाली सहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचारप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ।

ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको दूतावासले स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .