ad ad

ग्लोबल


युक्रेन भ्रमणलगत्तै मोदीलाई बाइडेनको फोन

युक्रेन भ्रमणलगत्तै मोदीलाई बाइडेनको फोन

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १०:५९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेका छन्।

मोदीले सोसल मिडिया प्लेटफर्म एक्समार्फत दिएको जानकारीअनुसार दुई नेताबीच युक्रेन, बंगलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा फोनवार्ता भएको हो।

ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गरी राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेको बताएको छ।

उनीहरूबीच मोदीले हालै गरेका पोल्यान्ड र युक्रेन भ्रमण तथा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभाबारे छलफल भएको बताइएको छ।

विज्ञप्तिमा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री मोदीलाई पोल्यान्ड र युक्रेनको ऐतिहासिक भ्रमण तथा ऊर्जा क्षेत्रका साथै युक्रेनमा शान्ति र मानवीय समर्थनका सन्दर्भमा उनको सन्देशको प्रशंसा गरेको उल्लेख छ।

बाइडेनले भनेका छन्- मैले प्रधानमन्त्री मोदीसँग पोल्यान्ड र युक्रेनको हालैको भ्रमणबारे छलफल गरेँ र उनको शान्तिको सन्देश र युक्रेनका लागि जारी मानवीय सहयोगको प्रशंसा गरेको छु।

बाइडेनले अगाडि भनेका छन्- हामीले इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पुर्‍याउन सँगै काम गर्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याएका छौँ।

भारत र अमेरिकाले यी दुई नेताबीच भएको कुराकानीबारे छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन्।

भारतले आफ्नो वक्तव्यमा बंगलादेशको मुद्दामा वार्ता भएको जानकारी दिएको छ। तर, अमेरिकाले जारी गरेको विज्ञप्तिमा बंगलादेशको नाम उल्लेख गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .