ad ad

ग्लोबल


राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले गरे ट्रम्पलाई समर्थन

राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले गरे ट्रम्पलाई समर्थन

डोनाल्ड ट्रम्पसँग रोबर्ट एफ केनेडी जुनियर (दायाँ)


नेपालखबर
भदौ ८, २०८१ शनिबार १२:३०, काठमाडौँ

अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले अब डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन्।

योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

एरिजोनामा आयोजित र्‍यालीमा उनले ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए।

रोबर्ट एफ केनेडी जुनियर पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशज हुन्।

७० वर्षीय केनेडी यसअघि डेमोक्र्याटिक पार्टीका सदस्य थिए तर सैद्धान्तिक द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए।

बीबीसीका अनुसार एरिजोनामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म १० राज्यमा मतपत्रबाट आफ्नो नाम हटाउन प्रयास गर्नेछु।’  

मञ्चमा स्वागत गर्दै केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताका रूपमा वर्णन गरे।

शुक्रबार उपराष्ट्रपति कमला ह्यारिसले सिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको महाधिवेशनमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरिन्।

यस क्रममा उनले अमेरिकीहरूलाई ट्रम्पलाई समर्थन नगर्न आग्रह पनि गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .