ad ad

ग्लोबल


शेख हसिनालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

सयौँको मृत्युका लागि जिम्मेवार रहेकाले बंगलादेश फिर्ता पठाइदिन माग
शेख हसिनालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

फाइल फाेटाे : शेख हसिना


रासस/एएनआई
साउन २३, २०८१ बुधबार २०:११, ढाका

बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) का अध्यक्ष एएम महबूब उद्दिन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशमा सुपुर्दगी गर्न आग्रह गरेका छन्।

एससीबीए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुवै जनालाई बंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बंगलादेशमा संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीको रिहाइको माग पनि गरे।

बंगलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनका रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारत पुगेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .