रुस र युरोप–अमेरिकाबीच कम्तीमा २४ कैदी साटासाट भएको छ। टर्कीमा ती कैदी साट्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जसको पुष्टि टर्कीको राष्ट्रपति कार्यालयले गरेको छ।
रुसमा कैद भएका तीनजना अमेरिकी नागरिक छुटेका छन्। जसमा वाल स्ट्रिट जर्नलका पत्रकार एभान गेर्सकोविच, पूर्व अमेरिकी सैनिक पौल ह्वेलन र रेडियो पत्रकार आल्सु कुर्मासेवा छन्।
तीमध्ये कतिपय जासुस भएको आरोपमा रुसले थुनेको थियो।
त्यस्तै, अमेरिकामा कैद भएका ८ जना रुसीहरु पनि छुट्दैछन्। तीमध्ये एक रुसी सुरक्षा संस्थाका कर्णेल वादिम क्रासिकोव भएको बताइन्छ।
केही दिनदेखि नै यो साटफेरको सम्भावनाबारे चर्चा हुँदै आएको थियो।
कैदीको संख्या मात्र होइन, यो साटफेरमा संलग्न मुलुकको संख्या पनि ठूलो छ। ७ देशका कैदीबीच साटफेर हुने समाचारहरूमा जनाइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया