ग्लोबल


टिकटक मुख्यालयमा विषाक्त खानाका कारण ६० कर्मचारी बिरामी

टिकटक मुख्यालयमा विषाक्त खानाका कारण ६० कर्मचारी बिरामी

नेपालखबर
साउन १६, २०८१ बुधबार ११:५४, काठमाडौँ

टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खाद्य विषाक्तताका कारण बिरामी परेका छन्।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

मंगलबार ६० जनामा ​​पेटसम्बन्धी समस्या देखिएको छ। जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

बाइट डान्स कम्पनीले कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

बाइट डान्स कार्यालयमै खाना बन्दैन, बाहिरबाट मगाएर ल्याउने गरिन्छ।

बीबीसीका अनुसार बाइटका प्रवक्ताले आफ्ना कर्मचारीको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको र बिरामी परेकाहरूलाई सहयोग गर्न तत्काल कदम चालिएको बताएका छन्।

उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad