ad ad

ग्लोबल


गोलान हाइट्समा रकेट आक्रमण हुँदा १३ बालबालिकाको मृत्यु, नेतान्याहुले भने- बदला लिन्छु

अब इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान
गोलान हाइट्समा रकेट आक्रमण हुँदा १३ बालबालिकाको मृत्यु, नेतान्याहुले भने- बदला लिन्छु

घटनास्थल


नेपालखबर
साउन १३, २०८१ आइतबार ९:४२, काठमाडौँ

इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ।

बीबीसीका अनुसार फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन्।

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको छ। तर हिजबुल्लाहले यो दाबी अस्वीकार गरेको छ।

इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार भएको जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ। 

गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .