ad ad

ग्लोबल


गाजा युद्धबारे मतभेदबीच इजरायली प्रधानमन्त्रीले भेटे अमेरिकी राष्ट्रपति

गाजा युद्धबारे मतभेदबीच इजरायली प्रधानमन्त्रीले भेटे अमेरिकी राष्ट्रपति

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ७:२६, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हाल अमेरिका भ्रमणमा छन्। यसैबीच उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन्।

यसअघि नेतान्याहुले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

ह्वाइट हाउसले भेटवार्तामा बाइडेन र नेतन्याहुबीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको बताएको छ।

अमेरिकी कंग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले राष्ट्रपति बाइडेनलाई भेटेका थिए।

नेतान्याहुले भाषण गरिरहँदा भवनबाहिर हजारौँ प्यालेस्टिनी समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतान्याहुलाई भेटिन्। ह्यारिसले गाजामा भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरिन्।

नेतान्याहुले आगामी महिना वर्तमान मुद्दामा राष्ट्रपति बाइडेनसँग काम गर्न आतुर रहेको बताए।

गाजा युद्ध सुरु भएको ९ महिना पुगेको छ। युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेतान्याहुमाथि धेरै दबाब छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .