ad ad

कला


वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ७:४१, काठमाडौँ

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। 

दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका ८८ वर्षीय जाेशीकाे उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

विसं १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो। उनका ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायतका गीत चर्चित छन्। जाेशी पूर्वेली लोकभामा गीत गाउँथे।

धनकुटामा जन्मिएका जोशी पछि झापा बसाइँ सरेका थिए। विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक उनी बेहोस भएका थिए।

जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए। उनको आजै बिहान झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए।

उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए। जोशीका रेडियो नेपालमा रेकर्ड गरिएका ४५ मध्ये अधिकांश गीत अझै पनि चर्चित छन्। उनले २०१३ सालमा पहिलोपटक ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत रकेर्ड गराएका थिए। 

२०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेका थिए। 

‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो। जाेशी चित्रकार र अभिनेता पनि थिए। चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए। उनले नौवटा चलचित्रमा अभिनय गरेका छन्। 

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए। ‘उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुका भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो’ , खरेलले जारी गरेकाे शोक वक्तव्यमा भनिएकाे छ।

जाेशी नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसी घुमेका थिए। विसं २०५३ मा म्युजिक नेपालले उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा ल्याएकाे थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .