ad ad

ग्लोबल


हाथरसमा मृत्यु हुनेको संख्या ८७ पुग्यो, २ लाख क्षतिपूर्ति दिने घोषणा

हाथरसमा मृत्यु हुनेको संख्या ८७ पुग्यो, २ लाख क्षतिपूर्ति दिने घोषणा

नेपालखबर
असार १८, २०८१ मंगलबार १९:१५,

उत्तर प्रदेशको हाथरसमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ८७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सो घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। मारिनेहरुमा महिला र बालबालिका पनि छन्।

सयौँ मानिस सहभाग सत्सङमा सो घटना भएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथले यसबारे दुःख व्यक्त गरेका छन्।

मृतकको संख्याबारे फरकफरक विवरण आएका छन्। स्थानीय धर्मगुरु भोलेबाबाको सम्मानमा सो सत्सङ आयोजना गरिएको बताइएको छ। 

मृतकका परिवारलाई दुई लाखका दरले र घाइतेका परिवारलाई ५० हजारका लागि क्षतिपूर्ति दिने घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .