ad ad

ग्लोबल


एयर युरोपाको विमान ‘टर्बुलेन्स’मा पर्दा ४० घाइते, टाउको र गर्धनमा चोट

एयर युरोपाको विमान ‘टर्बुलेन्स’मा पर्दा ४० घाइते, टाउको र गर्धनमा चोट

नेपालखबर
असार १८, २०८१ मंगलबार १६:५,

स्पेनको मड्रिडबाट उरुग्वेको मोन्टेभिडिओका लागि उडेको एयर युरोपाको विमानमा डरलाग्दो टर्बुलेन्स भएको छ। जसका कारण विमानलाई ब्राजिलमा आपतकालीन अवतरण गर्नुपरेको थियो।

सोमबार भएको सो घटनामा ४० जना यात्रु घाइते भएका छन्। जसमा धेरैलाई सामान्य चोटपटक लागेको छ। 

केहीको भने टाउकोमा ठूलो चोट लागेको र हड्डी भाँचिएको छ।

बोइङ ७८७–९ विमान आइतबार ३२५ यात्रु बोकेर आइतबार राति ११:५७ मा मड्रिडबाट उडेको थियो।

तर, सोमबार बिहान २:३२ मा सो विमानले उत्तरपूर्वी ब्राजिलको नाटाल विमानस्थलमा आपतकालीन अवतरणको अनुमति मागेको थियो।

घाइतेहरुलाई तत्काल उपचारको व्यवस्था गरिएको सो एयरलाइन्सले जनाएको छ। चारजना अझै उपचाररत छन्।

सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडिओमा फुटेको सिलिङमा एक व्यक्ति अड्किएको देख्न सकिन्छ।

गत मेमहिनामा लन्डनबाट सिंगापुरतर्फ उडेको विमान टर्बुलेन्समा पर्दा एक ७३ वर्षीय बेलायती नागरिकको मृतयु भएको थियो भने कयौँ घाइते भएका थिए।

जलवायु संकटका कारण हवाइ टर्बुलेन्स बढिरहेको बताइन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .