ad ad

ग्लोबल


३ जना प्रधानमन्त्रीको निजी सचिव रहिसकेका विक्रम मिश्री बने भारतको नयाँ विदेश सचिव

३ जना प्रधानमन्त्रीको निजी सचिव रहिसकेका विक्रम मिश्री बने भारतको नयाँ विदेश सचिव

नेपालखबर
असार १४, २०८१ शुक्रबार १७:५१,

भारतको नयाँ विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। उनी डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए।

उनलाई सो पदमा नियुक्त गर्ने विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले अनुमोदन गरेको हो।

उनले विनयमोहन क्वात्रालाई विस्थापित गर्नेछन्।

जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने छन्। जुलाई १४ मा क्वात्राको कार्यकाल सकिँदै छ। क्वात्राको कार्यकाल ६ महिना थपिएको थियो।

भारतको विदेश सेवामा उनी १९८९ मा प्रवेश गरेका थिए। 

५९ वर्षीय मिश्रीले तीनजना प्रधानमन्त्रीको निजी सचिवका रुपमा काम गरिसकेका छन्। उनी इन्दरकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिव थिए। 

२०२० मा भारतीय र चिनियाँ फौजबीच गलवान झडप हुँदा उनी चीनका लागि राजदूत थिए। सो तनाव न्यूनीकरणमा उनले योगदान दिएका थिए।

सेवाको सुरुमा उनले ब्रसेल्स र ट्युनिसका दूतावासमा काम गरेका थिए भने २०१४ मा स्पेन र २०१६ मा म्यानमारका लागि राजदूत बनेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .