ad ad

ग्लोबल


रुसको डागिस्टानमा आक्रमण हुँदा १५ प्रहरीसहित १७ जनाको मृत्यु

चिनिएन आक्रमणकारी, यस्तो देखिन्छ तस्बिरमा
रुसको डागिस्टानमा आक्रमण हुँदा १५ प्रहरीसहित १७ जनाको मृत्यु

नेपालखबर
असार १०, २०८१ सोमबार ८:५२, काठमाडौँ

रुसको उत्तरी काकेशसस्थित डागिस्टानमा आइतबार सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा १७ जनाको मृत्यु भएको छ। 

बीबीसीका अनुसार डागिस्टानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो। आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा यहुदी पूजास्थल अर्थात् सिनागग र प्रहरी चौकीमा आक्रमण गरेका हुन्। 

यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन्। आक्रमणकारीतर्फ पनि ५ जना मारिएको जनाइएको छ।

रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको खोजी भइरहेको छ।

सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो चाडपर्व मनाइने सहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका थिए।

आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन।

सामाजिक सञ्जालमा सेयर भइरहेका तस्बिरमा कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपत्‌कालीन सेवाको टोलीलाई आक्रमण गरिरहेको देख्न सकिन्छ। 

यहुदीहरूको पुरानो सहर डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हाने र त्यसपछि आगो लगाए।

डागिस्टान रुसको सबैभन्दा पिछडिएको क्षेत्र हो, जुन मुस्लिम बहुल प्रान्त पनि हो।

अक्टोबर २०२३ मा यहुदी यात्रुहरूको खोज्दै प्यालेस्टाइन समर्थकहरूको भीड डागिस्टानको एयरपोर्टमा प्रवेश गरेको थियो।

यो घटना २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच सुरु भएको द्वन्द्वपछि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .