सन् २००० पछि अर्थात् २४ वर्षपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै (जुन १९ मा) उत्तर कोरिया भ्रमण गरे।
पुटिनलाई उत्तर कोरियाका नेता किम जोङ उनले प्योङयाङमा भव्य स्वागत गरेका थिए।
हजारौँ मानिसको समूहले पुटिनको नाम पुकार्दै सम्मान गरेका थिए।
दुई नेताबीच वार्ता र रणनीतिक साझेदारीमा हस्ताक्षर पनि भए।
यसैबीच पुटिनले चलाएको कारमा किम चढेको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हेर्नुहोस्-
🇷🇺 🇰🇵 President Vladimir Putin driving North Korea's Kim Jong Un in a brand new Aurus Russian luxury car. pic.twitter.com/N4ceb2ZWvV
— BRICS News (@BRICSinfo) June 20, 2024
2.0k
Shares
प्रतिक्रिया