ad ad

ग्लोबल


हमाससँग युद्धका बीच इजरायलमा युद्ध मन्त्रिपरिषद् विघटन

हमाससँग युद्धका बीच इजरायलमा युद्ध मन्त्रिपरिषद् विघटन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
असार ३, २०८१ सोमबार २२:१४, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन्।

बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध मन्त्रिपरिषद्‌बाट बाहिरिएका थिए। दुवै जना युद्ध मन्त्रिपरिषद्का महत्त्वपूर्ण सदस्य थिए।

यी दुई जना युद्ध मन्त्रिपरिषद्‌बाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका हुन्।

इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्धजस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ।

मन्त्रिपरिषद्ंमा अति दक्षिणपन्थी सहयोगीहरूले त्यस्ता माग गरिरहेका थिए, जसले नेतान्याहुको समस्यालाई निरन्तर बढाइरहेको थिए। यति मात्र होइन, ती मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण हुन सक्थ्यो। 

इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको बीबीसीले जनाएको छ। 

बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने कुनै योजना नेतान्याहुसँग नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्‌बाट राजीनामा दिएका हुन्। 

अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रिमण्डल गठन गरेका थिए। जसमा दुई पूर्वसेना प्रमुख पनि सदस्य बनेका थिए। 

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायली सेनाविरुद्ध हमला गरेका थिए, जसमा १२०० जनाको मृत्यु भयो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३७ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .