तेस्रो कार्यकालका लागि निर्वाचित भएकोमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना बधाई दिएका छन्।
समाजिक संजाल एक्समार्फत मोदीलाई संक्षिप्त बधाई सन्देश जारी गर्दै शरीफले भनेका छन्, ‘भारतको प्रधानमन्त्रीको रुपमा शपथ लिएकोमा नरेन्द्र मोदीलाई बधाई।’
पाकिस्तानका प्रधानमन्त्री मोदीसँग सहकार्यबारे भने मौन देखिएका छन्। लामो समयदेखि भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन। भारत र पाकिस्तानकै तितो सम्बन्धका कारण नेपाल समेत रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लामो समयदेखि निष्क्रिय बनेको छ।
Felicitations to @narendramodi on taking oath as the Prime Minister of India.
66
Shares

प्रतिक्रिया