ad ad

ग्लोबल


मोदी एनडीए संसदीय दलको नेता चयन

मोदी एनडीए संसदीय दलको नेता चयन

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १४:११, काठमाडौँ

भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सत्तारुढ गठबन्धन एनडीएको संसदीय दलको नेता चयन भएका छन्। तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने तयारीमा रहेका मोदीलाई शुक्रबार गठबन्धनले सर्वसम्मतरुपमा दलको नेता चयन गरेको भारतीय संचार माध्यमले बताएका छन्। 

एनडीए संसदीय दलको बैठकमा भाजपा नेता राजनाथ सिंहले मोदीको नाम दलको नेतामा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकमा सर्वसम्मतीले अनुमोदित भएको थियो।

गठबन्धन बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमार र क्षेत्रीय दल टीडीपीका प्रमुख चन्द्रबाबु नायडू समेत उपस्थित थिए। हालै सम्पन्न लोकसभा चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन असफल भएपछि मोदी गठबन्धन दलको साथमा प्रधानमन्त्री बन्ने तयारीमा छन्। 

आइतबार शपथको तयारी गरेका मोदीका लागि नितिश कुमार र नायडूको साथ अनिवार्य जस्तै छ। उनीहरुले पनि आफूहरुले मोदीलाई नै सघाउने बताएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .