भारतमा जारी मतगणनामा कम्तीमा १५ मुस्लिम उम्मेदवार अगाडि देखिएका छन्। यसपटक ७८ जना मुस्लिम उम्मेदवार प्रतिस्पर्धामा थिए।
चर्चामा रहेका उम्मेदवाहरुमा पूर्वक्रिकेटर युुसुफ पठानले कंग्रेसका हेबिवेट नेता अधिर रञ्जन चौधरीलाई पछाडि पारेका छन्।
पठान तृणमूल कंग्रेसको तर्फबाट बेरहमपुरमा उम्मेदवार छन्।
एआईएमआईएम प्रमुख असदुद्दिन ओवेसीले हैदरावतमा ३ लाखको अग्रता लिएका छन्।
त्यस्तै कंग्रेसका इमरान मसुदले सहारनपुरमा ८० हजार मतको अग्रता कायम गरेका छन्।
474
Shares

प्रतिक्रिया