हङकङमा नेपालीले गरे पदयात्रासँगै सरसफाइ

हङकङमा नेपालीले गरे पदयात्रासँगै सरसफाइ

मगेन्द्र राई
जेठ २२, २०८१ मंगलबार १७:३, हङकङ

हङकङमा नेपालीले पदयात्रा गर्दै सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्। नेपाली समुदायबीच ट्रेल रनिङलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन स्थापित ‘हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसन’ले उक्त सरसफाइ कार्यक्रमको अगुवाइ गरेको हो।

गत आइतबार संस्थाका उपाध्यक्ष भेषराज भट्टराईको संयोजकत्वमा मङ्की हिलबाट सुरु गरी म्याकलेहोस चेक पोइन्ट ६-८ सम्म करिब ६ घण्टा पदयात्रा गर्दै सरसफाइ कार्यक्रम गरिएको हो। ३५ जना हाइकर सम्मिलित उक्त कार्यक्रममा फिलिपिन्सका हाइकरहरूको समेत सहभागितामा थियो।


 
‘हङकङ विश्वमै हाइकिङ रुट र ट्रेल रनको उत्कृष्ट गन्तव्य हो। जहाँ हरेक हप्ता ३/४ वटा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न हुने गर्दछन्। जसको लागि ट्रेलहरू सफा र सुरक्षित हुन जरुरी छ,’ कार्यक्रमबारे प्रस्ट पार्दै संस्थाका सचिव वसन्त आङ्बुहाङले नेपालखबरलाई भने, ‘हाइकर रनरहरूले पानीका बोतल, केन, प्लास्टिक आदि फाल्ने गर्दछन्, जसले गर्दा ट्रेल फोहर र असुरक्षित हुने गर्दछ। हामी आफैँले त्यो अनुभव गरेका हौँ र यो अभियान सञ्चालन गर्‍यौँ।’

सचिव आङ्बुहाङ थप्छन्, ‘प्रकृति हाम्रो प्राण हो। हामीले यसको हिफाजत गर्नु पर्छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ आजको प्रमुख समस्या हो। हाम्रो समुदायबाट पनि यस्तो किसिमको अभियान र जनचेतना जगाउनु हाम्रो सामाजिक उत्तरदायित्व हो। हामी हरेकले आ-आफ्नो ठाउँबाट केही न केही गर्नु जरुरी छ।’

संस्थाले भविष्यमा स्कुले विद्यार्थी लगायत युवा जमातलाई पनि सहभागी गराउने लक्ष्य राखेको छ। कार्यक्रमलाई मासिक रूपमा सञ्चालन गरी विभिन्न रुटमा सरसफाइ गरिने आङ्बुहाङ नेपालखबरलाई बताए।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .