ad ad

ग्लोबल


१५३ जना सवार विमानको इन्जिनमा जब आगो लाग्यो (भिडिओ)

१५३ जना सवार विमानको इन्जिनमा जब आगो लाग्यो (भिडिओ)

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ११:३०, काठमाडौँ

अमेरिकाको सिकागोस्थित ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड गरिएको एउटा विमानमा आगलागी भएको छ। 

रिपोर्टअनुसार उक्त विमानस्थलमा अवतरण गर्नासाथ युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको हो। 

यो घटना क्यामेरामा कैद भएको थियो, जसमा विमानको पंखाबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ। 

युनाइटेड फ्लाइट २०९१ सियाटलका लागि दिउँसो २ बजे उडान भर्ने क्रममा इन्जिनमा आगलागी भएको हो। 

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र युनाइटेड एयरलाइन्सले छुट्टाछुट्टै दिएका रिपोर्टअनुसार घटना ट्याक्सीवेमा भएको थियो, जसमा विमानबाट १४८ यात्रु र चालक दलका ५ सदस्यलाई बाहिर निकालिएको थियो।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .