ad ad

ग्लोबल


दर्जनौँ मिसाइल र ड्रोन प्रहारपछि इरानले भन्यो- इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण (भिडिओ)

दर्जनौँ मिसाइल र ड्रोन प्रहारपछि इरानले भन्यो- इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण (भिडिओ)

नेपालखबर
बैशाख २, २०८१ आइतबार ७:३९, काठमाडौँ

इरानी सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण गरिएको बताएको छ।

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमण इजरायलले गरेको आरोप लगाएको छ। 

इरानले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेसन ट्रु प्रमिस’ नाम दिइएको छ।

विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन।

अहिलेसम्म प्राप्त जानकारी अनुसार इरानको वायुसेनाले इजरायलतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ।

अप्रिलको पहिलो दिन सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो।

जसमा एक वरिष्ठ इरानी कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो।

मारिनेमा इरानको एलिट कुड्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर जनरल मोहम्मद हादी हाजी रहिमी छन्।

उक्त आक्रमणमा इजरायलको हात रहेको इरानको दाबी छ। इजरायलले भने आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।

तर, इरानले यो हमलाको बदला लिने बताएको थियो। 

हेर्नुहोस् मिसाइल प्रहारको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .