ad ad

ग्लोबल


अमेरिकाले ७ मार्चमै दिएको थियो मस्कोमा आतंकवादी आक्रमण हुने सूचना

कारमा युक्रेन भाग्दै गरेका चार आक्रमणकारी पक्राउ
अमेरिकाले ७ मार्चमै दिएको थियो मस्कोमा आतंकवादी आक्रमण हुने सूचना

नेपालखबर
चैत ११, २०८० आइतबार १३:५३, काठमाडौँ

आतंकवादी संगठन आईएसआईएसले रूसको राजधानी मस्कोको क्रोकस सिटी हलमा हमला गर्दाको भिडिओ जारी गरेको छ। 

यस गोलाबारीमा संलग्न एक आतंकवादीले कपडामा लगाइएको क्यामेरबाट त्यहाँको दृश्य कैद गरेका थिए। ९० सेकेन्डको भिडिओमा चारैजना आतंकवादीको पहिचान लुकाइएको छ।

भिडिओमा एक आतंकवादीले दोस्रोलाई उसको स्थानमा गोली चलाउन इशारा गरिरहेका छन्। आक्रमणका लागि इशारा गरिएको ठाउँमा सयौँ मानिस जम्मा भएका थिए। 

जमीनमा शव, रगत र धुवाँ उक्त भिडिओमा देखिन्छ। २२ मार्चको राति भएको यस हमलामा अहिलेसम्म १३३ जना मारिएका छन्। पहिले यो संख्या १४३ भनिएको थियो। रुसी सरकारले यस हमलामा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। 

हमला स्वीकारे 
रूसी मीडिया हाउस आरटीले दुई भिडिओ सेयर गरेको छ। जसमा आक्रमणमा संलग्न रहेका छन्।

उनीहरूको हात बाँधिएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडिओमा सन्दिग्ध आक्रमणकारीले घटना स्वीकारेका छन्। उनले आफूहरूको पूरै योजना बताइरहेका छन्। आक्रमणकारीहरू घटनापछि युक्रेनतिर भाग्ने योजनासहित मस्को पुगेका थिए।

पुटिनले भने : आक्रमणकारी युक्रेनतिर भाग्दै थिए
रूसको राजधानी मस्कोको बाहिरी इलाका क्रास्नोगोर्स्क शहरमा यो हमला भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मध्यराति हमलामा संलग्नहरू युक्रेनतिर भागेको बताए। 

तर युक्रेनतिर एउटा कारमा भागिरहेका सबैलाई पक्राउ गरिएको छ। पुटिनले आइतबार देशभर शोक घोषणा गरेका छन्। उता युक्रेनी राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले पुटिन कन्सर्ट हलमा भएको आक्रमणको दोष आफूहरूलाई थोपर्ने प्रयासमा रहेको बताए। 

युक्रेनको बचाउमा अमेरिका
अमेरिकाले यो आक्रमणमा युक्रेनको हात नरहेको जनाएको छ। शनिबार राति व्हाइट हाउसले मस्कोमा भएको आक्रमणमा युक्रेन सहभागी भएको कुरालाई इन्कार गरेको छ। अमेरिकाले यो हमलामा युक्रेन संलग्न भएको कुनै प्रमाण नभेटिएको जनाएको छ।

यसमा आईएआईएस जिम्मेवार रहेको अमेरिकाको दाबी छ। आममानिसलाई निशाना बनाइएको यो हमलालाई अमेरिकाले पनि आतंकवादी कृत्य भनेको छ। 

न्यूयोर्क टाइम्सको समाचार अनुसार ७ मार्चमा रूसस्थित अमेरिकी दूतावासले मस्कोमा कुनै ठूलो आक्रमण हुने चेतावनी दिएको थियो। 

दूतावासले चरमपन्थी समूहहरू मस्कोमा हुन लागेको कुनै पनि सांगीतिक कार्यक्रममा हमला गर्ने षडयन्त्रमा रहेको सूचना अमेरिकाले ७ मार्चमै दिएको थियो। 

तर पनि त्यसबेला राष्ट्रपति पुटिनले अमेरिकी दूतावासबाट चरमपन्थीले हमला गर्ने अनुमानसहित दिएको चेतवानीको निन्दा गरेका थिए। 

रूसले अहिलेसम्म यो घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेको छ। जसमा ४ जना आक्रमणकारी र उनीहरूलाई सघाउने अन्य ७ जना रहेका छन्। 

आरटीको समाचार अनुसार रूसको सेक्युरिटी सर्भिसका प्रमुखले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चार आक्रमणकारी सेतो रंगको कारमा भाग्ने कोसिसमा रहेको सूचना दिएका थिए । उनीहरू चारैजनालाई रूस-युक्रेन सीमाक्षेत्रबाट पक्राउ गरिएको छ।

रूसी मिडिया हाउस आरटीका अनुसार यो आक्रमणका लागि पहिलेदेखि नै क्रोकस सिटी हलमा हतियार लुकाएर राखिएको थियो।

हुँदै थियो रक ब्यान्डको कन्सर्ट
सेना जस्त बर्दी लगाएका चार जना आक्रमणकारीले पहिले अन्धाधुन्ध गोली चलाएका थिए। त्यसपछि उनीहरूले बम हानेका थिए। सुरुमा आक्रमणकारी ५ जना भनिए पनि ४ जना मात्रै संलग्न रहेको खुलेको छ।

मस्कोका मेयर सर्गेई सोभयानिनले रुसको प्रसिद्ध ब्यान्ड पिकनिकको कन्सर्ट चलिरहेका बेला यो आक्रमण भएको हो। आतंकवादी अटोमेटिक हतियारसहित भवनक प्रवेशद्वारमा पुगेलगत्तै गोली चलाउन थालेका थिए। 

प्रत्यक्षदर्शीका अनुसार सबै आक्रमणकारीले दाह्री पालेका थिए। उनीहरूसँग एक सिरिजका हतियार थिए। उनीहरूले पहिले गेट बन्द गरेपछि भिडमा पुगेर गोली चलाएका थिए। 

बीबीसीका अनुसार यो हमलामा आईएसआईएसको खुरासान विङ्ग अर्थात् आईएसआईएस-के संलग्न थियो। आईएसआईएस-के उत्तरपूर्वी इरान, दक्षिणी तुर्कमेनिस्तान र उत्तरी अफगानिस्तान जोडिएको क्षेत्रको नाममा राखिएको थियो। 

यो संगठन सबैभन्दा पहिले सन् २०१४ मा पूर्वी अफगानिस्तानमा सक्रिय थियो। त्यसबेला रुसको उग्रवादी समूहका कयौँ लडाकु यसमा सामेल हुन सिरिया पुगेका थिए।

यो समूहले पुटिन र उनको प्रोपागन्डाको विरोध गर्छ। यो समूहले पुटिनको सरकार चेचन्या र सिरियामा हमला गरेर मुसलमानसँग अत्याचार गरिरहेको दाबी गर्छ।

पुटिन १८ मार्चमा पाँचौँ पटक रुसको राष्ट्रपति बनेको ५ दिमा यो ठूलो आतंकवादी हमला भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .