ad ad

ग्लोबल


ईडीले अदालत पुर्‍यायो केजरीवाललाई

ईडीले अदालत पुर्‍यायो केजरीवाललाई

नेपालखबर
चैत ९, २०८० शुक्रबार १४:४३, काठमाडौँ

मदिरा नीति प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले शुक्रबार राउज एभिन्यु अदालतमा पेस गरेको छ।

 

उनलाई हिरासत राख्ने अनुमतिका सम्बन्धमा सुनुवाइ सुरु भएको छ। 

अनुसन्धान एजेन्सीले उनलाई १० दिन हिरासतमा राख्न  म्याद मागेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

केजरीवाललाई पक्राउ गर्न ईडीको टोली बिहीबार साँझ उनको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि राति ९ बजे उनलाई नियन्त्रणमा लिइएको थियो।

हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।

केजरीवाल नेतृत्वको दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो।

उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड भारतीय रुपैयाँ घाटा भएको प्रवर्तन निर्देशालयको दाबी छ। 

तर दिल्ली सरकारले गत वर्ष जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ।

यसैबीच आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउको विरोधमा शुक्रबार आम आदमी पार्टीले भारतका विभिन्न राज्यमा प्रदर्शन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .