ad ad

ग्लोबल


रुसी क्षेत्र नजिकबाट उड्दा बेलायती रक्षामन्त्री चढेको विमानको जीपीएस ‘जाम’

रुसी क्षेत्र नजिकबाट उड्दा बेलायती रक्षामन्त्री चढेको विमानको जीपीएस ‘जाम’

नेपालखबर
चैत २, २०८० शुक्रबार १३:२७,

बेलायती रक्षामन्त्री ग्रान्ट स्याप्स चढेको विमान रुसको भूभाग नजिकबाट उड्दा जीपीएस सिग्नल जाम भएको छ। उनी बेलायती वायुसेनाको विमानमा सवार थिए।

बेलायतबाट पोल्यान्ड आउजाउ गर्दा दुवै पटक जीपीएस सिग्नल केहीबेरका लागि अवरुद्ध भएको जनाइएको छ।

यो घटना बुधबार सो विमान बाल्टिक सागरमा अवस्थित रुसी भूमि कलिनिनग्रादनजिक भएको बताइएको छ।

तर, त्यसले विमानको सुरक्षामा कुनै खतरा उत्पन्न नगरेको रक्षा अधिकारीहरुले बताएका छन्।

त्यसबेला मोबाइल फोनमा समेत इन्टरनेट नचलेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। 

सो विमानमा रक्षामन्त्रीका साथमा पत्रकारहरु पनि सवार थिए।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताले पनि सो घटनाको पुष्टि गरेका छन्।

पोल्यान्ड र बाल्टिक क्षेत्रमा यस्तो अवरोध आजभोलि बढेको बताइएको छ। नेटो सैन्य अभ्यासलाई लक्षित गरी रुसले यस्तो प्रविधि राखे पनि त्यसको असर व्यावसायिक विमान र पानीजहाजमा पनि पर्ने बताइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .