ad ad

ग्लोबल


कुवेतमा ६ नेपालीको मृत्यु, २ जना घाइते

कुवेतमा ६ नेपालीको मृत्यु, २ जना घाइते

नेपालखबर
फागुन १, २०७६ बिहिबार १६:३०,

कुवेतमा छ नेपाली युवाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको बालुवाढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

उक्त घटना माघ २९ मा भएको हो। दुर्घटनामा आठ जना नेपाली परेका थिए। २ जना घाइते भएका छन्। मृतकमध्ये चार जनाको पहिचान खुलेको दूतावासले विज्ञप्तिमार्फत जनाएको हो।

मृतकहरुमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको पहिचान खुले पनि बाँकी दुई जनाको पहिचान खुलेको छैन। उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको भनाइ छ। घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन्।

मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ। उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ।

याे पनि: कुवेतको ढुंगाखानीमा विस्फोट हुँदा कम्तीमा चार नेपालीको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .