ad ad

ग्लोबल


ब्राजिली राष्ट्रपतिले गाजाको हत्यालाई यहुदी नरसंहारसँग गरे तुलना, इजरायलसँग कूटनीतिक तनाव

ब्राजिली राष्ट्रपतिले गाजाको हत्यालाई यहुदी नरसंहारसँग गरे तुलना, इजरायलसँग कूटनीतिक तनाव

नेपालखबर
फागुन ८, २०८० मंगलबार १६:२५,

इजरायलप्रति ब्राजिली राष्ट्रपतिको टिप्पणीलाई लिएर यी दुई देशबीच कूटनीतिक तनाव सिर्जना भएको छ। 

ब्राजिलले इजरायलबाट राजदूत फिर्ता बोलाएको छ भने इजरायलले ब्राजिली राष्ट्रपति लुइस इनासिाय लुला दा सिल्भालाई ‘अनिच्छित व्यक्ति’ घोषणा गरेको छ।

यसको सुरुवात भने लुलाले गाजामा इजरायली आक्रमणको आलोचना गरेपछि भएको थियो। उनले इजरायली सैन्य कारबाहीलाई हिटलरको यहुदी नरसंहारसँग तुलना गरेका थिए।

‘गाजापट्टीमा प्यालेस्टिनी जनतामाथि जे भइरहेको छ, त्यस्तो इतिहासको कुनै क्षणमा भएको थिएन। वास्तवमा भएको थियो– जब हिटलरले यहुदीहरुलाई मार्ने निर्णय लिएका थिए,’ लुलाले आइतबार भनेका थिए।

दोस्रो विश्वयुद्धको क्रममा नाजीहरुले ६० लाख यहुदीको नरसंहार गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले लुलाको टिप्पणीलाई ‘अपमानजनक र गम्भीर’ भने।

सोमबार इजरायली विदेशमन्त्री इजरायल काट्जले लुला अवाञ्छित व्यक्ति भएको घोषणा गरे।

बदलामा ब्राजिलको विदेश मन्त्रालयले तेल अभिभमा रहेका राजदूत फ्रेडेरिको मेयरलाई फिर्ता बोलाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .