ad ad

ग्लोबल


अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे ‘इन्गेजमेन्ट’

अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे ‘इन्गेजमेन्ट’

इन्गेजमेन्टका क्रममा आफ्नी पार्टनर जोडी हेडेनसँग अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज


नेपालखबर
फागुन ३, २०८० बिहिबार १०:५०, काठमाडौँ

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो चार वर्ष पुरानो पार्टनर जोडी हेडेनसँग इन्गेजमेन्टको घोषणा गरेका छन्।

उनले क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा जोडीलाई आफूले डिजाइन गरेको विशेष औँठीका साथ प्रस्ताव गरे।

योसँगै अल्बानिज- पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।

अल्बानिज आफैँले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा इन्गेजमेन्टको खबर सेयर गरेका छन्। उनले लेखेका छन्, ‘उनले हुन्छ भनिन्।’

यसपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अल्बानिज र जोडीले भनेका छन्, ‘हामी तपाईंलाई यो समाचार सुनाउन पाउँदा खुसी छौँ र हामी हाम्रो बाँकी जीवन सँगै बिताउने निर्णय गरेका छौँ। हामी भाग्यमानी छौँ कि हामीले एकअर्कालाई भेट्यौँ।’

बीबीसीका अनुसार ६० वर्षीय प्रधानमन्त्री अल्बानिजले ४५ वर्षीय जोडी हेडेनलाई पहिलोपटक २०२० मा मेलबर्नमा एक व्यापारिक रात्रिभोजमा भेटेका थिए।

अस्ट्रेलियाली संसद्‌का आफ्ना सहकर्मीसहित न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चर्चित टीभी शेफ निगेला लसनले दुवै जनालाई बधाई दिएका छन्।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले लेखेकी छन्, ‘प्रेम एउटा सुन्दर चिज हो। म तपाईंहरू दुवैप्रति खुसी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .