ग्लोबल


सोनिया गान्धीले राजस्थानबाट राज्यसभाको चुनाव लड्ने

सोनिया गान्धीले राजस्थानबाट राज्यसभाको चुनाव लड्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १३:८, काठमाडौँ

भारतीय कांग्रेस पार्टीले आसन्न राज्यसभा चुनावका लागि केही उम्मेदवारको घोषणा गरेको छ।

कांग्रेसले राजस्थानबाट सोनिया गान्धीको नाम भारतकव माथिल्लो सदनको चुनावका लागि औपचारिक रुपमा घोषणा गरेको छ। 

उनका अलावा पार्टीले बिहार, हिमाचल प्रदेश र महाराष्ट्रबाट पनि राज्यसभा उम्मेदवारको नामसहितको सूची सार्वनजनिक गरेको छ।

कांग्रेस पार्टीको एक्स ह्यान्डलबाट जारी एक सूचनाअनुसार राजस्थानबाट सोनिया गान्धी, बिहारबाट अखिलेश प्रसाद सिंह, हिमाचल प्रदेशबाट अभिषेक मनु सिंघवी र महाराष्ट्रबाट चन्द्रकान्त हन्डोरेलाई उम्मेदवार बनाइएको छ।

सोनिया गान्धी राज्यसभामा जाने चर्चा लामो समयदेखि चलिरहेको थियो। उनी बुधबार नै राहुल गान्धीसहित जयपुर जाँदैछिन्।

कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी अहिले रायबरेलीबाट लोकसभा सांसद छिन्। सोनिया पहिलो पटक राज्यसभाको सदस्य बन्ने छिन्। 

यसअघि उनी पाँच पटक लोकसभामा चुनाव जितेर संसद्मा पुगेकी थिइन्। सोनिया गान्धी पहिलो पटक सन् १९९९ मा चुनाव जितेर संसद् पुगेकी थिइन्।

राज्यसभा चुनावका उम्मेदवारी दिने अन्तिम मिति १५ फेब्रुअरीसम्म छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .