ad ad

ग्लोबल


पीटीआईले विरोधको आह्वान गरेपछि पाकिस्तान प्रहरीले दियो कारवाहीको धम्की

पीटीआईले विरोधको आह्वान गरेपछि पाकिस्तान प्रहरीले दियो कारवाहीको धम्की

नेपालखबर
माघ २९, २०८० सोमबार ५:३७, काठमाडौँ

कारागारमा रहेभएका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गत साताको निर्वाचनमा धाँधली भएको भन्दै विरोध गर्न समर्थकहरूलाई आग्रह गरेपछि पाकिस्तान प्रहरीले आइतबार गैरकानूनी जमघटमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ। 

सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले निर्वाचनमा बहुमत ल्याउने सम्भावनालाई समाप्त पार्दै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीसँग जोडिएका स्वतन्त्र उम्मेदवारले निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेका छन्। 

यद्यपि स्वतन्त्रहरूले सरकार बनाउन सक्तैनन् । प्रतिद्वन्द्वी दलहरू सम्भावित गठबन्धनका लागि छलफल गर्दा मुलुकले धेरै सातासम्म राजनीतिक अनिश्चितताको सामना गर्ने सम्भावना छ। 

पीटीआई नेताहरूले मतदानमा धाँधली नभएको भए अझ धेरै सिट जित्ने दावी गरेका छन् । राष्ट्रव्यापी निर्वाचनको दिन मोबाइल टेलिफोन सेवा बन्द र नतिजाहरूको ढिलो गणनाले सैन्य प्रतिष्ठानले पिएमएल–एनको सफलता सुनिश्चित हुने प्रक्रियालाई प्रभाव पारेको सन्देह उत्पन्न भएको छ। 

पिटिआईका अध्यक्ष गोहर अली खानले शनिबार पत्रकार सम्मेलनमा पाकिस्तानको सम्पूर्ण निर्वाचनमा सूक्ष्म तरिकाले हेरफेर गरिएको दाबी गरे।

अधिकारीहरूले संविधानको धारा १४४ आदेशअनुसार कडा कारवाही गर्ने चेतावनी दिएका छन् । औपनिवेशिक युगको उक्त कानूनअन्तर्गत दुई वा दुईभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .