अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव लड्न दिने कि रोक्ने भन्नेबारे बिहीबार सुनुवाइ गर्ने भएको छ।
कोलोराडो राज्यको उच्च अदालतले ट्रम्पलाई राज्यको चुनावमा अयोग्य घोषित गरेको थियो। क्यापिटल हिलको हुलदंगा गराउन उनी संलग्न भएको भन्दै उच्च अदालतले सो फैसला गरेको थियो।
त्यसबारे सर्वोच्चमा सुनुवाइ हुन लागेको हो।
अदालतले नरोके ट्रम्प नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनलाई चुनौती दिने उम्मेदवार बन्ने पक्कापक्कीजस्तै छ।
कोलोराडोसहित १५ राज्यमा ५ मार्चमा रिपब्लिकन पार्टीको आन्तरिक चुनाव हुँदैछ। मेइन राज्यको अदालतले पनि सोही खालको फैसला दिएको छ।
ती फैसलाको कुनै अर्थ हुने या नहुने सर्वोच्चको निर्णयले देखाउनेछ।
सर्वोच्चमा कन्जरभेटिव न्यायाधीशहरुको सहज बहुमत छ। एजेन्सी
Shares

प्रतिक्रिया