ad ad

ग्लोबल


इजरायललाई झट्का : गाजा क्षेत्रको एउटै भवनमा मारिए २१ जना सैनिक

इजरायललाई झट्का : गाजा क्षेत्रको एउटै भवनमा मारिए २१ जना सैनिक

नेपालखबर
माघ ९, २०८० मंगलबार १५:२, काठमाडौँ

करिब ३ महिनादेखि जारी आक्रमणका क्रममा मंगलबार इजरायली सेनाले ठूलो क्षति भोग्नु परेको छ।

इजरायलको सेनाले मंगलबार जनाएअनुसार एकै ठाउँ भएको हमलामा २१ जना सैनिक मारिएका हुन्। 

हमासविरुद्ध आफ्नो अभियान चलाइरहेको इजरायली सेनाका लागि यो दिन सबैभन्दा भीषण सावित भएको छ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता ड्यानियल हजारीका अनुसार गाजा क्षेत्रस्थित एक भवनमा सैनिक बसिरहेका बेला रकेट हमला भएको हो। 

उनका अनुसार इजरायली सुरक्षा बलले भवनलाई उडाउने उद्धेश्यसहित जुन विस्फोटक राखिएको थियो, त्यो समेत विस्फोट हुन पुगेको हो।

आईडीएफले अहिले यस घटनाको जाँच अनुसन्धान चलिरहेको जनाएको छ।

इजरायलले गत ७ अक्टोबरमा भएको हमलापछि हमासविरुद्ध युद्धमा छ। गाजामा सैन्य कारबाही तीव्र भइरहँदा इजरायलले एकै ठाउँमा ठूलो धक्का ब्यहोरेको हो। 

इजरायलले हमासलाई समाप्त नपारुन्जेल अभियान जारी रहने जनाएको छ। ७ अक्टोबरमा हमासको हमलाबाट १३ सय मानिस मारिएका थिए।

त्यसपछि इजरायलले थालेको हमलाका कारण अहिलेसम्म गाजा क्षेत्रमा २५ हजार मानिस मारिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .