ग्लोबल


रामको मूर्तिमा १५ किलो सुन र १८ हजार हिरा–पन्नाको गहना, लखनउको ज्वेलर्सले १२ दिनमा गर्‍यो तयार

रामको मूर्तिमा १५ किलो सुन र १८ हजार हिरा–पन्नाको गहना, लखनउको ज्वेलर्सले १२ दिनमा गर्‍यो तयार

नेपालखबर
माघ ९, २०८० मंगलबार १४:४९,

अयोध्याका नवनिर्मित राम मन्दिरको गर्भगृहमा राखिएको रामको मूर्तिमा १५ किलो सुन र हजारौँ हिराका गरगहना लगाइएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

पाँच वर्षका रामको छवि परिकल्पना गरेर तयार गरिएको मूर्तिमा १४ वटा गरगहना लगाइएको बताइएको छ। जसमा एक तिलक, एक मुकुट, चार माला, एक कमरबन्द, एक जोडी पाउजु, एउटा विजय माला, दुई वटा औँठी छन्।

ती आभूषण १२ दिनमा तयार पारिएको बताइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मुख्य यजमानका रुपमा मन्दिरको प्राणप्रतिष्ठा गराएका थिए।

रामको मूर्तिका लागि यी आभूषण तयार गर्ने जिम्मा लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सलाई दिइएको थियो। १५ दिनअघि मात्र मन्दिर ट्रस्टले ज्वेलर्सलाई सम्पर्क गरेको बताइएको छ।

यी सम्पूर्ण गरगहनामा १८ हजार हिरा र पन्ना जडिएको बताइएको छ। 

मूर्तिको मुकुटमा मात्र २२ क्यारेटको सुन १.७ किलो, ७५ क्यारेटको हिरा, १७५ क्यारेट पन्ना र २६२ क्यारेट रुबी प्रयोग गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .