जापानले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै हतियार निर्यात नियम परिवर्तन गरेर अमेरिकालाई प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने बताएको छ।
बीबीसीका अनुसार ह्वाइट हाउसले जापानको यो कदमको स्वागत गरेको छ।
जापानबाट उल्लिखित मिसाइल प्राप्त गरेपछि अमेरिकाले अब आफ्नो भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ।
रुस र युक्रेनबीच जारी युद्धमा पश्चिमी देशहरूसँग हतियारको अभाव भइरहेको छ।
प्याट्रियट मिसाइल अमेरिकाले युक्रेनमा पठाएकामध्ये सबैभन्दा अत्याधुनिक हतियार हुनेछ।
84
Shares

प्रतिक्रिया