चीनको राजधानी बेइजिङमा जमिनमुनि चल्ने सब-वे ट्रेन ठक्कर खाँदा कम्तीमा पनि १०२ जना घाइते भएका छन्।
बिहीबार साँझ भएको यो घटनापछि ५०० बढी यात्रुलाई अस्पताल लगिएको थियो। जसमध्ये शुक्रबार बिहानसम्म अस्पतालबाट ४२३ जनालाई घर फर्काइएको छ।
समाचार अनुसार यो घटना जब यी ट्रेन चेङगपिङ्ग सब-वे लाइनमा हिमपातबीच अग्लो स्थानबाट ओरालोतर्फ झरिरहेका बेला भयो हो।
तर पनि चिनियाँ राजधानी बेइजिङको सार्वजनिक यातायातमा यस किसिमको घटना सामान्य भने होइन। हिमपातका क्रममा हावाहुरीसमेत चलेका बेला रेलवे लाइनबाट चिप्लिएर यो घटना हुन पुगेको हो।
चाइना डेलीका अनुसार यसको कारण सिग्नलमा समस्या हुँदा एउटा ट्रेनले ब्रेक लगाउनु परेको थियो। तर समयमा ब्रेक लाग्न नसक्दा पहिलो ट्रेनको पछाडिको भागमा अर्को ट्रेन ठोक्किएको हो।
18
Shares

प्रतिक्रिया