ad ad

ग्लोबल


केन्याले सबै विदेशीलाई बिनाभिसा प्रवेश दिने

केन्याले सबै विदेशीलाई बिनाभिसा प्रवेश दिने

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ११:२३,

केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ।

केन्या जाने विदेशी आगन्तुकले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो। राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस (स्वतन्त्रता दिवस)को अवसरमा यस्तो घोषणा गरेका हुन्।

रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसाविना नै देशमा प्रवेश गर्ने बताए। यस कदमले पर्यटन प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।

केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिचान गर्न पहिल्यै डिजिटल प्लेटफर्म अपनाएको बताए।

केन्याले यसअघि इन्डोनेसिया, सेनेगल र कंगोका नागरिकका लागि भिसाविनै प्रवेश दिएको थियो।  राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेन्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मुलन गर्न वकालत गर्दै आएका छन्। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .