ad ad

ग्लोबल


पाकिस्तानमा एकैदिन कम्तीमा २५ सैनिक मारिए

पाकिस्तानमा एकैदिन कम्तीमा २५ सैनिक मारिए

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:५३, काठमाडौँ

पाकिस्तानमा मंगलबार एकैदिन कम्तीमा पनि २५ जना सैनिक मारिएका छन्। दुई स्थानमा चरमपन्थीहरूसँगको भिडन्तमा ती सैनिक मारिएका हुन्। 

पाकिस्तान सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले जनाएअनुसार दुई फरक फरक घटनामा २५ सैनिकको निधन भएको हो।

यीमध्ये २३ जना सैनिकको मृत्यु दरबान क्षेत्रमा भएको हो भने अन्य दुईजना कुलाचीमा मारिए।

सेनाका अनुसार मंगलबार बिहान सबेरै ६ जना चरमपन्थीको समूहले सुरक्षा बलको पोस्टमा हमला गरेका थिए।

आईएसपीआरले जनाएअनुसार तर सुरक्षाकर्मीले चरमपन्थीको समूहलाई ब्यारेकभित्र छिर्नबाट रोक्न सफल भएका छन्। 

व्यारेकमा छिर्न असफल भएपछि चरमपन्थीहरुले विस्फोट पदार्थले भरिएको एउटा गाडीलाई व्यारेको पोस्टमा विस्फोट गराएका थिए। त्यसक्रममा केही घर र व्यारेकको पोस्ट पनि क्षतिग्रस्त भएको छ।

सेनाका अनुसार उक्त हमलामा २३ सैनिक र आक्रमणकारी ६ जना चरमपन्थी पनि मारिएका छन्। सेनाले अहिले त्यस क्षेत्रमा सर्च अपरेशन जारी रहेको जनाएको छ।

आईएसपीआरका अनुसार डेरा इस्माइल खान जिल्लामा सोमबार र मंगलबार चलाइएको कारबाहीमा अरु थप २७ जना चरमपन्थी मारिएका छन्।

गोप्य सूचनाका आधारमा दारजिन्दा जिल्लामा सर्च अपरेशन चलाउँदा १७ अरु चरमपन्थीले ज्यान गुमाएका छन्।

सेनाका अनुसार एक अर्को अभियान कुलाचीमा पनि चलाइएको थियो। जहाँ चारजना चरमपन्थी मारिए। यहाँ भएको भिडन्तमा दुईजना सेना  पनि मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .