ad ad

ग्लोबल


सरकारको बजेट योजनाविरुद्ध इटालीमा हडताल

सरकारको बजेट योजनाविरुद्ध इटालीमा हडताल

सरकारको बजेट योजनाविरुद्ध इटालीमा हजारौँ जनता सडकमा उत्रिएका छन् (सिन्ह्वा)


नेपालखबर
मंसिर ३, २०८० आइतबार १२:४२,

इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हडताल गरेका छन्।

हडतालको समर्थनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए। उनीहरूले राष्ट्रिय श्रम युनियन तथा कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन्।

प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ। प्रहरी रिपोर्टमा भने ५० हजार उल्लेख छ।

हडताल सुरुमा दिनभर चल्ने भनिएको थियो। तर, उपप्रधान एवं पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको सम्बोधनपछि चार घण्टामा सीमित गरिएको थियो।

यातायात मन्त्रालयले हडतालको प्रभाव सीमित रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .