ad ad

ग्लोबल


बाइडेन र सीबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने

बाइडेन र सीबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २०:४४,

अमेरिका र चीनका राष्ट्रपतिबीच अर्को साता सान फ्रान्सिस्कोमा भेट हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। 

अमेरिकाले ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट आयोजना गर्दैछ। सोही सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका जाँदैछन्। 

सोही क्रममा १५ नोभेम्बरमा जो बाइडेन र सीबीच भेट बताइएको छ। बाइडेन राष्ट्रपति भइसकेपछि उनीहरुबीचको यो दोस्रो साक्षात्कार हुनेछ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले दुई मुलुकको सेनाबीचको सञ्चार सम्बन्ध विच्छेद गरिदिएको थियो।

यो वर्षको सुरुवातमा बेलुन काण्डका दुई देशबीचको सम्बन्ध तिक्त बनेको थियो। लगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रोकेका थिए। पछि चीनले उनलाई स्वागत गर्न अस्वीकार गरेको थियो। जसका कारण लामो समय दुई मुलुकबीच संवादहीनता छाएको थियो।

गत जुनमा ब्लिन्केनले चीन भ्रमण गरेपछि उनीहरुबीच फेरि संवादको शृंखला सुरु भएको थियो।

भेटको उदेश्य प्रतिस्पर्धा व्यवस्थापन गर्नु, द्वन्द्वको खतरा रोक्नु र सञ्चारका माध्यमहरु खुला राख्नु रहेको अमेरिकी अधिकारीहरुको भनाइ छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .