इजरायली ट्यांक गाजाको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन्। तिनले गाजा सहरको उत्तर–दक्षिण सडक सलाह अल दिन स्ट्रिट अवरुद्ध गरेको जनाइएको छ।
सो स्थान गाजाको सीमबाट ३ किलोमिटर भित्र पर्ने बताइएको छ।
उक्त क्षेत्रमा भीषण भिडन्त भइरहेको छ।
‘उनीहरुले सलाह अल दिन सडक रोकेका छन् र त्यहाँबाट जाने जुनसुकै सवारीमा गोली हानिरहेका छन्,’ गाजाका एक बासिन्दाको भनाइ एएफपीले उधृत गरेको छ।
दक्षिणी गाजामा पनि इजरायलले बमबारी जारी राखेको बताइएको छ। एजेन्सी
123
Shares
प्रतिक्रिया