ad ad

ग्लोबल


हमास हमलाको नेतृत्व गर्ने कमान्डर मारिएको इजरायलको दाबी

हमास हमलाको नेतृत्व गर्ने कमान्डर मारिएको इजरायलको दाबी

नेपालखबर
असोज २७, २०८० शनिबार २२:३, काठमाडौँ

इजरायली वायुसेनाले गत शनिबार दक्षिणी इजरायलका क्षेत्रमा हमास आक्रमणको नेतृत्व गर्ने कमान्डर अली कादीलाई मारेको दाबी गरेको छ।

इजरायली सेनाले गुप्तचर एजेन्सीहरूको प्रयासपछि अली कादीको ड्रोन आक्रमणमा मृत्यु भएको बताएको बीबीसीले जनाएको छ।

यसैबीच, प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको संख्या २,२१५ पुगेको जनाएको छ। घाइतेको संख्या अहिले ८ हजार ७ सय १४ पुगेको छ।

वेस्ट बैंकमा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .