ad ad

ग्लोबल


इजरायलमा रहेका भारतीय नागरिकका सम्बन्धमा महत्त्वपूर्ण खबर

इजरायलमा रहेका भारतीय नागरिकका सम्बन्धमा महत्त्वपूर्ण खबर

नेपालखबर
असोज २२, २०८० सोमबार १३:४३, काठमाडौँ

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वका बीच इजरायलमा बसोबास गर्ने र काम गर्ने भारतीयहरूका सम्बन्धमा महत्वपूर्ण समाचार बाहिर आएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यहाँ बस्ने भारतीयहरू सुरक्षित छन्।

तेल अवीवस्थित भारतीय दूतावासलाई इजरायलमा फसेका पर्यटकलगायत भारतीय नागरिकबाट आफूहरूलाई सुरक्षित रूपमा देश फर्काउन भनी धेरै निवेदन आएको बताइएको छ। 

शनिबार बिहान हमासले इजरायलमा एकपछि अर्को हमला गरेको थियो। यसपछि इजरायलले पनि जवाफमा गाजामा धेरै हमला गर्‍यो।

यसैबीच अभिनेत्री नुसरत भरुचा इजरायलमा फसेको र उनको टोलीसँग केही समय सम्पर्कविहीन भएको खबर बाहिर आएको थियो। त्यसपछि भारतीय दूतावासको सहयोगमा नुसरत आइतबार सकुशल भारत फर्किएकी छन्। 

हमास र इजरायलबीच द्वन्द्व जारी छ।

बीबीसीका अनुसार हमासको आक्रमणमा हालसम्म ७०० भन्दा बढी इजरायली मारिएका छन्।

इजरायलले गाजामा गरेको जवाफी हमलामा ४०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।  इजरायलको आक्रमणबाट गाजामा २३०० भन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .