हङकङ : टाइफुनको समयमा बढ्यो चोरी

तीन छुट्टाछुट्टै घटनामा २० हजार डलर चोरियो
हङकङ : टाइफुनको समयमा बढ्यो चोरी

नर्थ प्वाइन्टस्थित घटनास्थलको अवलोकन गर्दै प्रहरी (तस्बिर : द स्ट्याण्डर्ड)


नेपालखबर
असोज २२, २०८० सोमबार १३:४४, हङकङ

टाइफुनका कारण सुनसान रहेको हङकङमा चोरीका घटना बढेका छन्। प्रहरीका अनुसार छुट्टाछुट्टै तीन घटनामा २० हजार हङकङ डलर चोरी भएको छ।

पहिलो घटना नर्थ प्वाइन्टस्थित २२३ इलेक्ट्रिक रोडमा रहेको रेस्टुरेन्टमा घटेको हो। रेस्टुरेन्टका कर्मचारी सोमबार बिहान करिब ८ बजे रेस्टुरेन्टमा आउँदा पसलको ढोका फुटेको र नगद काउन्टरबाट नगद हराएको देखेपछि घटना बाहिर आएको थियो। रेस्टुरेन्टबाट दुई हजार हङकङ डलर चोरी भएको छ।

त्यस्तै, दोस्रो घटना सामसुइ पोस्थित केलिन स्ट्रिटमा रहेको पसलमा घटेको हो। सोमबार बिहान ९ बजे पसल सञ्चालक महिलाले पसलको सटर खुला रहेको र पसलमा तोडफोड भएको देखेपछि घटनाबारे थाहा पाएकी थिइन्। यहाँबाट तीन हजार हङकङ डलर चोरिएको छ।

महिलाले पसल चोरी भएको जानकारी गराएपछि आएको प्रहरीले त्यहाँ नजिकै रहेको फलफूल पसलमा पनि चोरी भएको पत्ता लगाएको थियो। यहाँबाट १५ हजार हङकङ डलर चोरी भएको बताइएको छ।

चोरीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .